अन्ततः कार्तिक १५ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रचारमा गायक तथा अभिनेता प्रकाश सपुतको सहभागिता देखिएको छ।
एक विशेष भिडियो मार्फत सिनेमाका प्रमुख कलाकारहरू अञ्जना बराइली, विजय बराल, मुकुन भुसाल र प्रकाश सपुतले देउसी भैलो गीत गाउँदै दर्शकलाई सिनेमा हेर्न निमन्त्रणा गरेका छन् । सपुतले यस अघि ‘पूर्ण बहादुरको सारंगी’को प्रचार प्रसारमा बेवास्ता गर्दै सहयोग नपुगाएको आरोप खेप्दै आएका थिए ।
सपुतको ब्यानरमा बन्ने फिल्म ‘वसन्त’ भन्दाअघि ‘पुर्ण बहादुरको सारङी’ रिलिज हुने भए पछि निर्मातालाइ ‘बेइमानीको ट्याग’ लगाएका प्रकाश सपुत अहिले आएर सिनेमाको प्रचार प्रसारमा देखिन थालेका छन् ।
सिनेमाको प्रमोसनल सामग्री अहिले सम्म केहि पनि सेयर नगरी बसेका सपूतले गत साताको सनिवार देखि आफनो व्यक्तिगत फेशबुक अकाउन्ट मार्फत ट्रेलर,
हालै सार्वजनिक ‘रैया चादीको’ दोहोरि ब्याटल र सिनेमाको ‘काधेकुरी’ बोलको गितमा आफनो परिवार समेत समावेश गरि छोटो भिडियो बनाएर पोस्ट गरेका थिए ।
सिनेमा प्रचार प्रसारमा सपुतको सक्रियताले सिनेमा अझ बढी दर्शक सम्म पुग्ने छ ।
प्रकाश सपुतले व्यक्त गरेको अशन्तुष्टी निर्मातालाइ लगाएको ‘बेइमानीको ट्याग’ र आरोपहरु के भयो र कहा कसरि निर्माता र सपुत बीच के सम्झौता भएको हो त्यसको आधिकारी जानकारी भने आएको छैन , धेरै ठुलो कुरा केहि न भएको सामान्य चित्त दुखाइ मात्र रहेको सिनेमाका निर्माता बिनोद पौडेलले बताएका छन् |