सिनेमा ‘जदौ’मा मुकुन र नीति पछि ऋचा शर्मा अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमा ‘जदौ’मा कलाकारको लाइनअप बलियो हुँदै गएको छ। अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको सिनेमामा अब अर्की अभिनेत्री ऋचा शर्माको प्रवेश भएको छ। उनले मंगलबार सिनेमा सम्झौता गरेकी हुन्।

यो सिनेमामा ऋचाको जोडी मुकुनसँग बाँधिने जनाइएको छ। उनीहरुबीच पहिलो पटक सहकार्य हुन लागेको हो। ऋचाले नीतिसँग भने सिनेमा ‘कोशेढुंगा’मा काम गरिसकेकी छन्। सिनेमामा अझै केही स्थापित कलाकारलाई भित्र्याउने तयारीमा निर्माण पक्ष रहेको छ।अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको सिनेमालाई कसले निर्देशन गर्नेछन् भन्नेबारे जानकारी गराइएको छैन। यद्यपि, निर्देशकको टुंगो लागिसकेको बताइएको छ। काजी लिम्बूको लेखन रहेको ‘जदौ’को निर्माणमा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सहकार्य गरेका छन्।

रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री सह-निर्माता रहेको सिनेमामा बाबुल गिरीको संगीत रहनेछ। दाङ र प्यूठान जिल्लामा छायांकन गर्न लागिएको यो सिनेमालाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचारसबै