सिनेसुत्र, बिराटनगर- हरेक वर्ष चलचित्र विकास बोर्डले वितरण गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२’ सोमबार शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा मीन बहादुर भाम निर्देशित ‘शाम्बाला’ सर्वोत्कृष्ट सिनेमा बन्न सफल भएको छ । निर्देशक भामले सोही सिनेमाबाट सर्वोत्कृष्ट सिनेमाको अवार्ड उचाल्न सफल भए ।
यस वर्ष सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारङ्गी’बाट विजय बराल र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘खुस्मा’बाट उपासना सिंह ठकुरीले उचाले ।
हरेक वर्ष चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको दीर्घ साधना सम्मान यस वर्ष लक्ष्मीनाथ शर्मालाई प्रदान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्रिय चलचित्र अवार्ड २०८१ विजेताहरूको सूची:
• उत्कृष्ट सिनेमा: शाम्बाला
• उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)
• उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
• उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
• उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)
• उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
• उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)
• उत्कृष्ट आदिवासी मातृभाषी सिनेमा: गालय् वन (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
• अभिनेता प्रदीप खड्का (पुजार सार्की)
दीर्घ साधना सम्मान : लेखक/निर्देशक लक्ष्मीनाथ शर्मा – नगद रु ३,७५,००० सहित
विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष सिनेमा पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा सिनेमा ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)