भदाै २६ मा रिलिज हुने ‘अक्षरा’को तिज गीत ‘नाँचौं न बरिलै’को भव्य छायांकन सम्पन्न

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा ‘अक्षरा’ को तिज गीत “नाँचाैं न बरि लै” को छायांकन गरिएको छ । काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा सोमबार गीतको छायांकन गरिएको हो । छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएको थियो ।

गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ । स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वर राज तण्डुकारको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतमा सिनेमाका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको अभिनय छ । उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका छन् ।क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको सिनेमा भदौ २६ गते रिलिज हुँदैछ । यस सिनेमामा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय छ । सिनेमामा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय छ ।

सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस सिनेमामा सुरेन्द्र राणाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ ।

सिनेमाको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ । सिनेमामा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ ।

राकेश दाहालले पोस्टर डिजाइन गरेको यस सिनेमालाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन् । सिनेमाको मुख्य सहायक निर्देशकमा दिवस बोहरा र सहायक निर्देशकमा मनोज बोहरा रहेका छन् । निर्देशक विनयराज पौडेलले यसअघि दर्जनौँ नेपाली सिनेमामा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् । लामो अनुभवपछि उनले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशनमा पाइला चालेका हुन् ।

सम्बन्धित समाचारसबै