जुनिम गहतराजको निर्देशनमा सिनेमा ‘ताण्डवम्’ यहि भ्यालेन्टाइनमा : फरक कथासहित थिम पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक भएको छ। सिनेमा धार्मिक नाम जस्तो लागे पनि यसको कथा भने विल्कुलै फरक रहेको कुरा निर्देशक गहतराजले प्रष्ट पारेका छन्। सिंहदेवी प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो सिनेमा आगामी फागुन २ गते, भ्यालेन्टाइन डेको अवसर पारेर दर्शकहरू माझ आउने तयारीमा छ।

अनिरुद्द आत्रेय र हुसेनको लेखनमा आधारित यस सिनेमालाई धन कुमारी गहतराज, सविना मगर, र मनिष गौतमले संयुक्त रूपमा निर्माण गरेका हुन्। सिनेमामा हरि घले लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। प्रमुख भूमिकामा अंकीत खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, र निर्देशक स्वयं जुनिम गहतराजले अभिनय गरेका छन्।

सम्बन्धित समाचारसबै