सिनेसुत्र, बिराटनगर – दोस्रो सातामा प्रदर्शनरत सिनेमा ‘ज्वाइँ साप’ले नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक गरिएको यस गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर रहेको छ भने, हर्क साउदले शब्द दिएका छन्।
महेश ताम्राकारले संगीत भरेको यस गीतलाई जानरिक्सले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा सिनेमा कलाकारहरू जितु नेपाल, निती शाह, बुद्धि तामाङ, र हिमेश पन्त फिचर्ड छन्।
यस भिडियोमा तीन पात्रहरूको यात्रा र जितु र नितीको रोमान्टिक भावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
सिनेमाले दोस्रो सातासम्ममा ३ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
यस सिनेमालाई रिच इन्टरटेनमेन्ट, एफडी कम्पनी, र एप्पल इन्टरटेनमेन्टले वितरण गरेका हुन्।
राजकुमार पण्डितको प्रस्तुति र वसन्त निरौलाको निर्देशनमा बनेको यो सिनेमामा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
रेड आइ फिल्म्सको ब्यानरमा निर्मित यस सिनेमामा समिर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङले लगानी गरेका छन्। विजय बस्याल कार्यकारी निर्माता रहेका छन् भने शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ।