हरर कमेडी सिनेमा‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टरसहित रिलिज मिति घोषणा

0 Shares

बिराटनगर, सिनेसुत्र –  हरर कमेडी जनरामा निर्माण भएको सिनेमा ‘फिरफिरे फिरिरी’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। शनिबार पोस्टर सार्वजनिक गर्दै यो सिनेमा माघ ४ गते प्रदर्शनमा आउने घोषणा गरिएको हो।सिनेमालाई नविन भट्टले निर्देशन गरेका छन्। यो निर्देशनमार्फत भट्टले डेब्यु गर्दैछन्। यसै सिनेमा मार्फत सन्दीप श्रेष्ठ र भावना उप्रेतीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेका छन्। सिनेमामा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय छ।बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको यो सिनेमाका निर्माता मनोजकुमार अधिकारी हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गर्दै अभिनय पनि गरेका थिए। हरर कमेडी सिनेमाले पछिल्लो समय दर्शकको ध्यान तानिरहेको सन्दर्भमा नेपाली हरर कमेडी सिनेमाको निर्माणले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

सिनेमाका सह-निर्माता नितिश पुन रहेका छन्। लेखन सन्दीप श्रेष्ठ र नविन भट्टको हो। छायांकन जितु तामाङले गरेका छन्। यसमा रोशन दास, प्रकाश दाहाल, र अग्नि सुबेदीको सहायक निर्देशन छ भने केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, र अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

‘फिरफिरे फिरिरी’ लाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

सम्बन्धित समाचारसबै