फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘मायावी’का दुई नयाँ पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुन १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मायावी’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। निर्माणपक्षले एक गीत सार्वजनिक गरेपछि दुई पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईलाई स्थान दिइएको छ।

दुई पोस्टरमा एउटामा पल र दीपिका रोमान्टिक मुडमा देखिन्छन् भने अर्कोमा पल भावुक देखिन्छन्। यी पोस्टरहरूले सिनेमाले प्रेम र पीडाको भाव व्यक्त गर्ने संकेत गरेका छन्।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी रहेको छ। ध्रुव न्यौपाने, राज कटुवाल, र चन्द्र पन्त निर्माताको रूपमा छन्। सह-निर्मातामा राजु पराजुली र सुमित वली छन्।

सिनेमामा पल शाह र दीपिका प्रसाईसँगै सुशिल सिटौला, करिश्मा श्रेष्ठ, र नवकलाकार समीम खानको अभिनय छ। अन्य कलाकारहरूमा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, र संगीता सिलवाल रहेका छन्।यो सिनेमाका कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। सह-निर्देशन बसन्त अधिकारीले गरेका छन्। शम्भुजित बास्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहले कोरियोग्राफी गरेका छन्।

राकेश दाहालले सिनेमाका पोस्टर डिजाइन गरेका छन् भने फोटोसुट विकास खतिवडाले गरेका हुन्।

प्रेम, विछोड, र मित्रताको सांगीतिक कथा बोकेको सिनेमा ‘मायावी’लाई वर्षकै प्रतिक्षित सिनेमाको रूपमा हेरिएको छ।

सम्बन्धित समाचारसबै