सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘डल्ले इन्ट्री मार्यो’मा चर्चित लेखक लक्ष्मण सुवेदी अनुबन्ध भएका छन। उषा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमाका लागि सुवेदी मुख्य लेखकका रूपमा जोडिएका छन्।
सिनेमाका निर्देशक राजु गिरी हुन् भने निर्माताहरू सबित्रा चिलुवाल, आशिष बस्नेत, आदर्श बस्नेत, र निर्मला बस्नेत रहेका छन्। सिनेमाको संगीत बाबुल गिरी र रिमेश कुमार थापाले दिएका छन्।
सिनेमाको पोस्टर सार्वजनिक गर्दै लक्ष्मीपूजा २०८२ (दिपावली) मा प्रदर्शन गर्ने तयारी गरिएको छ। हास्य र प्रेमकथामा आधारित ‘डल्ले इन्ट्री मार्यो’ निर्माण गरिँदैछ।
अनुभवी लेखक लक्ष्मण सुवेदीले यसअघि पनि थुप्रै लोकप्रिय सिनेमाका लागि कथा लेखिसकेका छन्। यस अघि उनले सर्वाधिक रुचाइएको सिनेमा “सतिदेवी” निर्देशन गरेका थिए । “सतिदेवी” २०८१ को भदौमा प्रदर्शन भएको थियो । उनको संलग्नतासँगै ‘डल्ले इन्ट्री मार्यो’प्रति दर्शकको उत्सुकता अझै बढेको छ।