मधेसको हाट बजार सेटअपमा खिचिएको सिनेमा लाज शरणम्’को ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- वर्षकै प्रतिक्षित सिनेमा मध्ये एक मानिएको सिनेमा ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझ्ने गीतको शब्द र भिडियोले बुझाउँछ । गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ ।गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै सिनेमा का अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रूपमा गजित छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ । सिनेमा ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको सिनेमा हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो सिनेमा मा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो सिनेमा लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो सिनेमा फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । ‘सक्किगोनि’ टिमले बनाएको यो सिनेमा मा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमा मा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

सम्बन्धित समाचारसबै