मेयर बालेनको आवाज रहेको ‘लाज शरणम्’ को दोस्रो प्रमोसनल गीत रिलिज
0
Shares
सिनेसुत्र, बिराटनगर- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको सिनेमा ‘लाज शरणम्’को ‘नेपाल हासेको’ बोलको गीत सार्वजनिक गरिएको छ ।
‘नेपाल हासेको…’ बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ। गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ।
गम्भीर विष्टको कोरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ।बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो। मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन्।
यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माण पक्ष ढुक्क छ। बालेनको लोकप्रियताजस्तै यो सिनेमा को गीत र सिनेमा पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने सिनेमा ‘लाज शरणम्’ले केही दिनअघि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो।
सिनेमा ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले बनाएको सिनेमा हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो सिनेमामा ‘सक्किगोनि’ टिमको सहभागिता छ।‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन्। यो सिनेमा लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। यो सिनेमा यो वर्षकै प्रतिक्षितमध्ये एक हो।
‘सक्किगोनि’ टिमले बनाएको यो सिनेमामा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।