थ्रिलर, सस्पेन्स सिनेमा ‘ताण्डवम्’ को ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  राजधानीमा आयोजित एक कार्यक्रमका बीच जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलरले दर्शकलाइ सिनेमा हल सम्म तान्ने देखिएको छ  । त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको सिनेमाको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।सिनेमा निर्देशक जुनिक गहतराज पनि सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । जुनिक गहतराज कलरिष्ट पनि हुन् यो उनको निर्देशकीय पहिलो सिनेमा हो । सिनेमा महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।

सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

 

सम्बन्धित समाचारसबै