नायक पल शाह दर्शकमाझ: सिनेमा ‘मायावी’ हेर्दा भावुक बने युवतीहरू

0 Shares

सिनेसुत्र, बिराटनगर-  आज बुधबारदेखि रिलिजमा आएको सिनेमा ‘मायावी’ले बिहानैबाट दर्शकको साथ पाइरहेको छ । आज बिहानैबाट नायक पल शाह काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् । आज बिहान काठमाडौंको एफक्यूब हलमा पुगेका नायक पल शाहलाई दर्शकहरुले घेरे । सिनेमा हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले मन छोएको बताए । कतिपय युवतीहरुले सिनेमा हेर्दा हेर्दै थुप्रै ठाउँमा भावुक भएको समेत सुनाए ।माया गर्नेहरुका लागि यो सिनेमा विशेष रहेको उनीहरुको तर्क छ । नायक पल शाहले दर्शकहरुले दिएको मायाले आफू अत्यन्तै उत्साहित रहेको बताए । उनले भने– ‘बिहानैबाट दर्शकहरुको उत्साहजनक माया मिलेको छ । बिहानैबाट दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु । एउटा मिठो लभ स्टोरी कथामा सिनेमा बनेकाले दर्शकहरुले आगामी दिनमा अझै बढी साथ दिने विश्वास लिएको छु ।’

यता, नायिका दीपिका प्रसाई, कलाकारहरु सुशिल सिटौला, समिम खान, राजाराम पौडेल र अन्शु महर्जन पनि निकै खुशी देखिए । दर्शकहरुको साथले उत्साह थपिएको उनीहरुको भनाइ छ ।दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा ले दर्शकको सुखद प्रतिक्रिया पाएकाले भोलिबाट अझै उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमाका निर्माता ध्रुव न्यौपानेले दर्शकले सिनेमा मन पराएपछि शोज पनि बढ्न थालेको बताए । राज कटुवाल र चन्द्र पन्तको पनि सिनेमामा लगानी छ ।

यसैबीच, नायक पल शाह महाशिवरात्रिको अवसर पारेर आज पशुपतिनाथ परिसर पुगेका छन् । पशुपतिनाथ परिसर पुगेर उनले दर्शन गरे । साथै, पशुपतिनाथ पुगेका दर्शकसँग उनले साक्षात्कार गरे ।

सम्बन्धित समाचारसबै