सलोन बस्नेतको ‘रंगी’ सिनेमा अब अष्ट्रेलियामा रिलिज हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा विशेषत बाबुछोरीको कथामा आधारित छ । यो सिनेमा नेपालमा गत फागुन २ गते रिलिज भएको थियो ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

सिनेमाको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो ।

सम्बन्धित समाचार
सम्बन्धित समाचारसबै