कुन्साङ बोमजमले पूजा शर्माको मनमा मायाको कहानी लेखन सक्लान त् ?

0 Shares

बिराटनगर ।  चलचित्र  ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा चलचित्रका मुख्य दुइ कलाकार नायिका पूजा शर्मा संगै नायक कुन्साङ बोमजमको अन स्क्रिन रोमान्स देखाइएको छ । भिडियोमा दुइ प्रेमी प्रेमिका बीचको माया प्रेमलाइ दर्साइएको छ | सुरेश लामा र ममता गुरुङको आवाज रहेको गितमा अर्जुन पोखरेलको संगीत रहेको छ |

 

हरि बहादुर घलेको छायांकन रहेको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोमा कैद भएका दृश्यहरु उत्कृष्ट रहेको छ ।
रविना थापा मगरको  कथा लेखन  रहेको उक्त चलचित्रमा रुपेश तामाङको निर्देशन रहेको छ |


फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ । नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।

सम्बन्धित समाचारसबै