बिराटनगर / नेपाली सिने बृतमा हरेक साता कुनै न कुनै चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्र प्रदर्शन भए पछी कुनै चलचित्र ब्लक्बस्टर हुन्छ । कुनै चलचित्र प्रदर्शन हुन कै लागि मात्र हल सम्म पुग्छ त कुनैले भने जसो तसो लगानी उठाउन सफल हुन्छ । दुरुस्तै कुरा हाम्रा कलाकार हरुमा पनि लागू हुन्छ । त्यस्तै अहिले नायाक सुशील श्रेष्ठ पनि धेरै समयको विश्राम पश्चात् दरिलो चलचित्र ‘आउट लः दफा २१९’ बाट कम्ब्याक हुँदै छन। अहिले सम्म नयाक सुशील श्रेष्ठले होस्टेल रिटर्न, सायद २ . बादशाह जुट, लभ डाइरिज, कारखाना, लगायत आधाका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् |
सुशीलले कम्ब्याक गर्न लागेको चलचित्रलाइ स्याडो पिक्चर्स र रेट्रो फिल्मसको प्रस्तुतिमा तयार हुने छ । चलचित्र ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको छ ।
चलचित्रको सार्वजनिक फस्टलुक पोस्टरमा प्रमुख नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरिको निर्माणमा तयार हुन लागेको उक्त चलचित्रको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो चलचित्र असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।

चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन रहनेछ । चलचित्रमा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय रहने निर्माण पक्क्षले सिने सुत्र लाई बताएका छन।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा रहेकाछन् । नविन गुरुङको डीओपी रहेको उक्त चलचित्रमा साहिल खानको सम्पादन रहनेछ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा रहेकाछन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको चलचित्रमा श्रृजना सुत्रको कास्टिङ रहनेछ ।
यो चलचित्रको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो ।
फस्टलुकसँगै चलचित्रप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ । नायक सुशिल श्रेष्ठका लागि यो चलचित्र बलियो कमब्याको रुपमा रहने चर्चा नेपाली सिनेवृत्तमा चलिरहेको छ । यो चलचित्रलाई देशभर डीसीएनले वितरण गर्नेछ ।