‘कल्ली’को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक : लेकाली भेगमा तयार हुँदै सिनेमा

0 Shares

सिनेसुत्र, बिराटनगर- हाल छायांकन भइरहेको सिनेमा ‘कल्ली’ को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। यो सिनेमाको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ। काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो। सिनेमामा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ। निर्माणपक्षले सिनेमामा उनको भूमिका के हो भन्ने खुलाएको छैन।

सिनेमाका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ। महेश दवाडीको लेखन रहेको सिनेमामा सरोज नेपाली कार्यकारी निर्माताको रूपमा छन्।यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ।

निसाल पौडेलको छायांकन रहेको यो सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन। निर्माणपक्षले सिनेमाको छायांकन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्यो, त्यो आफैमा कौतुहलताको विषय छ। तर, अर्पणले यसअघि यस्तो लुक्समा काम गरेका थिएनन्। लक्ष्मण सुनारको निर्देशनमा यो सिनेमा तयार भइरहेको हो।

सम्बन्धित समाचारसबै