नयाँ वर्षमा मोहर’ टिमको नयाँ सिनेमा ‘ढुकढुकी’ निर्माणको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मोहर’ निर्माण गरेको टिमले नयाँ सिनेमा निर्माणको घोषणा गरेको छ। नयाँ वर्ष २०८२ को पहिलो दिनमा सिनेमा ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो सिनेमालाई सिनेमा मेकर प्रा.लिको प्रस्तुतिमा तयार गरिनेछ। सिनेमामा चुम्बन जंग शाही निर्माताको रूपमा छन्।यो सिनेमाको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ। सिनेमाका लागि अहिले कोही पनि कलाकारहरू फाइनल गरिएको छैन। यसअघि सिनेमा ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए। उक्त सिनेमाको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए।

अब, ओम आफैँ ‘ढुकढुकी’ नाममा सिनेमा बनाउन अगाडि सरेका छन्। ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको सिनेमा ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ। उक्त सिनेमा रिलिज भएपछि सिनेमा ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ।

सम्बन्धित समाचारसबै