दिलिप रायमाझीको विशेष भूमिका रहेको ‘हेल्लो काँशीराम’ टिजर सार्वजनिक: जेठ २ गतेदेखि प्रदर्शनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक गरिएको छ । आज बैशाख १ गते नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक सिनेमाको २ मिनेट ५ सकेण्ड लामो टिजरमा हाल देशमा व्याप्त राजनितिक बेथितीमाथि कटाक्ष गरिएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेपलाई पनि ब्यंग्य गरिएको यसमा बुझ्न सकिन्छ ।

कमेडी जनरामा निर्माण भएको सिनेमा हेर्न मन पराउने दर्शकलाई ‘हेल्लो काँशीराम’ मीठो खुराक बन्न सक्ने देखिन्छ । टिजरमा दिलिपलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ । जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन् ।रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा दिलिपसहित सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ । यो सिनेमामा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ ।

रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पीवी थापा हुन् । यो सिनेमालाई यम आलेले खिचेका हुन् । सिनेमामा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् । टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै