२ दिनमै १० लाख भ्यूज सहित ‘नरसिंहा अवतार’ को ‘अच्छा लेकिन’ गीत ट्रेन्डिङमा

0 Shares

सिनेसुत्र, बिराटनगर- नरसिंहा अवतारु सिनेमा लागि रिक्रियट गरिएको ‘अच्छा लेकिन’ गीतले भिडियो सेयरिङ सञ्जाल यूट्यूबमा उत्कृष्ट प्रदर्शन गरेको छ। गीतले यूट्यूबमा रिलिजको दुई दिनमा १ मिलियन अर्थात् १० लाख बढी भ्यूज पाउन सफल भएको छ। गीतले प्रतिक्रियासमेत अत्यन्त सकारात्मक पाइरहेको छ।

भ्यूजसँगै गीत ट्रेन्डिङमा समेत उकालो लाग्ने क्रममा रहेको छ। यो समाचार पार्दासम्म गीत संगीततर्फ चौथो स्थानमा ट्रेन्ड भइरहेको छ। गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको युगल स्वर थियो भने नव संस्करणमा शम्भुजित बास्कोटा र गायिका रचना रिमालको युगल स्वर छ। गीतको शब्द तथा संगीत दुवै शम्भुजितकै हो। गीतलाई दर्शकहरूले मन पराइरहेको पाइएको छ भने टिकटक रिल्सहरूमा समेत उल्लेख्य संख्यामा भिडियोहरू बनिरहेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने साहिल खानले सम्पादन गरेका छन्।गीतको भिडियोमा सिनेमा का प्रमुख कलाकारहरू—राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाले नृत्य प्रस्तुत गरेका छन्। कविराजले भिडियोलाई आकर्षक रूपमा कोरियोग्राफ गरेका छन्, जसमा सबै कलाकारहरूको नृत्य उत्कृष्ट छ।

एक्सन ड्रामा श्रेणीमा राखिएको यो सिनेमा जेठ ९ गते रिलिज हुँदैछ। चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफएक्स एवं साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ।

दिवाकर भट्टराइको लेखन–निर्देशन रहेको यो सिनेमा क्रियटिभ सिने आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो। यसका लगानीकर्ता नेम महर्जन हुन् भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको सह–लगानी रहेको छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै