सिटि सिनेमा हल बिराटनगरले १५० जना नियमित दर्शकहरुलाइ निशुल्क चलचित्र देखाउने

0 Shares

बिराटनगर /  सिटि सिनेमा हल बिराटनगरले नियमित दर्शकहरुको लागि आज निशुल्क बिशेष शो आयोजना गरेको छ |

बिराटनगरको पहिलो मल्टीप्लेक्स हल सिटि सिनेमाले आज आफना नियमित दर्शक हरु संग साक्क्षात्कार गर्ने र नियमित दर्शकहरु संग आत्मियता बढाउने उदेश्य राख्दै नियमित दर्शक हरुलाइ निशुल्क चलचित्र देखाउन लागेको सिटी सिनेमाका म्यानेजर शंखर मेहताले सिने सुत्रलाइ बताए | उक्त निशुल्क शोमा “कल्की एडी २८९८” हिन्दि चलचित्र देखाइने छ | साझ ५:३० बजेको शो मा करिब १५० जना नियमित दर्शकहरु लाइ चलचित्र देखाइदै छ |
हलमा चलचित्र हेर्न आउने दर्शकहरुको मनोभावनाको ख्याल गर्दै समय – समयमा सिटी सिनेमाले यस्ता कार्यहरु गरि रहेको हुन्छ |

त्यस्तै अहिले सिटि सिनेमामा चलचित्र हेर्न जाने दर्शक हरुको लागि १०% क्यास ब्याक अफर पनि खुल्ला गरिएको छ | उक्त क्यास ब्याकका लागि दर्शकले पहिलो पटकको भुक्तानीमा CITYCINEMA प्रमो कोडको प्रयोग गर्नु पर्ने छ |


त्यस्तै आज देखि बिश्व ब्यापी प्रदर्शन भएको “कल्की एडी २८९८” चलचित्र सिटी सिनेमामा 2D र 3D दुवै शो खुल्ला गरिएको छ | “कल्की एडी २८९८” लाइ 2D मा बिहान ९:१५ दिउसो १२:३० र साझ ३:४५ को दिएको छ | त्यस्तै 3D मा बिहान ८:०० बजे ११:१५ बजे दिउसो २:३० बजे साझ ७:३० बजे र ९:३० बजेको शो दिएको छ |

टिकट बुकिंगको लागि यो लिंकमा थिच्नु होस् :  www.citycinemas.com.np

सम्बन्धित समाचारसबै