निर्माता विनोद पौडेलको नयाँ सिनेमा ‘अभिमन्यु’ छायांकन सम्पन्न : रिलिज मिति कहिले ?

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु’को छायांकन सकिएको छ। २५ दिनमा सिनेमाको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ। ‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा सिनेमा पूजा गर्दै शुभमुहूर्त गरेसँगै सुरु भएको थियो।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। ‘अभिमन्यु’का निर्माता विनोद पौडेल हुन्। सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताएका छन्।सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष सिनेमाको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि सिनेमा ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका सिनेमामा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ। यो सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।

सम्बन्धित समाचारसबै