“पापी र भ्रष्टलाई अन्त्य गर्न फर्किएँ” महानायक राजेश हमाल: ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- ८ वर्षको पर्खाइपछि अभिनेता राजेश हमाल फेरि ठूलो पर्दामा फर्किंदै छन्। उनको कमब्याक सिनेमा ‘नरसिंहा अवतार’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। ट्रेलर हेर्दा नै हमाल पुरानै जोश र ऊर्जा लिएर आएका छन् भन्ने प्रस्ट देखिन्छ।

ट्रेलरमा हमाललाई अन्याय, शोषण र भ्रष्टाचार विरुद्ध लड्ने नायकको रूपमा प्रस्तुत गरिएको छ। एक संवादमा उनी भन्छन्, “पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म…”। यो संवाद र उनले बोलेको चर्चित “हे!” डाइलगले दर्शकलाई पुराना दिन सम्झाउँछ।ट्रेलरमा हमाल फुल एक्सन मूडमा छन्। उनलाई साथ दिने भूमिकामा छन् राज कटुवाल। हमालको जोडीको रूपमा नीति शाह छन् भने कटुवालको अपोजिटमा सनिशा भट्टराई देखिन्छन्। सिनेमामा प्रशान्त ताम्राकार खलनायकको रोलमा छन्। साथै नीर शाह, सरोज खनाल, उषा खड्गी लगायतले पनि अभिनय गरेका छन्।

सिनेमाको ट्रेलर सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गरिएको थियो। कार्यक्रममा निर्देशक दिवाकर भट्टराई र कलाकारहरू उपस्थित थिए। निर्देशक भट्टराईले यो सिनेमा एक्सन, ड्रामा र सन्देशको राम्रो मिश्रण भएको बताए।

‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। सिनेमा क्रिएटिभ सिने आर्टको ब्यानरमा निर्माण भएको हो। निर्माता हुन् दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुब न्यौपाने। ट्रेलर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै