२ दिनमै ‘नरसिंहाः अवतार’को ट्रेलरले १० लाख भ्यूज पार गर्‍यो, युट्युब ट्रेन्डिङ ३ मा

0 Shares

सिनेसुत्र, बिराटनगर- सार्वजनिक भएको २ दिनमै सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो सिनेमा ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा‍लाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

म्युजिक नेपालको युट्युब च्यानलमा यो सिनेमाको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो सिनेमाको ट्रेलरलाई उच्च शेयर गरिएको छ ।
महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक सिनेमा भएकाकारण पनि दर्शकहरु यो सिनेमा‍लाई प्रतिक्षा गरिरहेका छन् । सिनेमामा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।

सिनेमाको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ । ट्रेलरले समेत उच्च हाइप बनाउँदा सिनेमाले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ । ट्रेलर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै