सिनेसुत्र, बिराटनगर- एस एण्ड एस प्रोडक्सनको व्यानरमा निर्माणमा सिनेमा ‘किन लाग्छ माया’ बन्ने भएको छ। मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो सिनेमाको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ।
सिनेमामा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरूको अभिनय रहने पक्का भएको छ।
यो सिनेमाको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन्। मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। ‘स्याडो रियर’को कथा रहने सिनेमामा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको सिनेमामा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ। सिनेमाको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ।
यो सिनेमाले दाजु भाइको सम्बन्ध, एक अर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ। साथै सिनेमाले सामाजिक विषयवस्तुलाई पनि मुख्य रूपमा प्रस्तुत गर्नेछ।

