सौगात मल्लले मन पराएको भूमिका: ‘जहाजैमा’का लागि औपचारिक सम्झौता

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौबाट जापानमा छायांकन सुरु हुन लागेको सिनेमा ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुबन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ ।
यो सिनेमामा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ ।

कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । सिनेमामा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन ।सिनेमामा अन्य केही स्टार कलाकारहरूको अभिनय रहने बुझिएको छ । सिनेमामा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ ।

सिनेमा ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । सिनेमामा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

सिनेमाको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्ने यो सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

सम्बन्धित समाचारसबै