सिनेसुत्र, बिराटनगर- तक्मे प्रोडक्सनको ब्यानरमा सिनेमा ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रूपमा धीरज मगर अनुबन्ध गर्दै सिनेमा निर्माणको घोषणा गरेको हो। सिनेमाको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।
बाल्यकालमा नै अभिनेता राजेश हमालको सिनेमा ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता दर्जनौँ सिनेमामा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन्। यस सिनेमामा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।
सिनेमालाई सौरभ लामाले खिच्ने छन् भने सिनेमाको साउनको पहिलो हप्ताबाट छायांकन हुने छ। निर्देशक राईले यो सिनेमाको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए। उनका अनुसार यो सिनेमामा सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थको निर्माण हुनेछ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन्। यही पृष्ठभूमिमा निर्माण हुन लागेको ‘मैझारो’प्रति दर्शक र सिनेमाकर्मीहरूमा उत्साह देखिएको छ। उनी लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।
