टंक बुढाथोकीको सिनेमा ‘मन बिनाको धन’ कात्तिक २१ मा आउँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको सिनेमा ‘मन बिनाको धन’को आगामी कात्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ। बिहीबार सिनेमाकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच भएको सम्झौतापछि सिनेमालाई उक्त मितिमा प्रदर्शन गर्ने निधो गरिएको हो। यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।निर्देशक बुढाथोकीको कथा तथा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत लगायतको अभिनय छ।

सिनेमाको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन्। यस्तै, जीपी संग्रौला, विवेक नेपाल र बिजया पाण्डे सह निर्मातामा रहेका छन्। सिनेमामा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डि. गुरुङको सम्पादन छ।

सम्बन्धित समाचारसबै