‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक: ‘माग्ने बुढा’को पैसाको खेल

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘माग्ने राजा’ को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरिएको हो।गीतको भिडियोमा सिनेमा का मुख्य कलाकारहरू केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्। गीतमा बाबुल गिरीको सङ्गीत, शब्द रचना र एरेञ्ज रहेको छ। उनलाई गायनमा बाल कलाकार रोनिश खड्काले साथ दिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।यस सिनेमा को निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने निर्माता मुनाल घिमिरे हुन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमा मा केदार घिमिरे र वर्षा राउतका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र चर्चित टिकटकर पवित्रा साकी उर्फ मिस पविको अभिनय रहेको छ।नरेन्द्र मैनालीले छायाङ्कन गरेको यस सिनेमा मा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने यस सिनेमा मा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा तथा बाबुल गिरीको सङ्गीत रहेको छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै