0
Shares
सिनेसुत्र, बिराटनगर- निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली सिनेमा ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस सिनेमा मा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।
सिमरनले यसअघि सिनेमा ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो सिनेमा हो।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो सिनेमा आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ।
सिनेमा को थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार सिनेमा आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।