उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी-२ सङ अफ च्याब्रुङ’ बाट ‘अम्लारी’ गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले ‘अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो । उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् ।

सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। ‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर सिनेमा  हो। सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ।

सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै