सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘महादशा’ ले आफ्ना मुख्य कलाकारको रूपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंहलाई भित्र्याएको छ। दुवै कलाकारलाई निर्माण पक्षले स्वागत गरेको हो। उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले सिनेमा उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ।
पछिल्ला केही वर्षमा नेपाली सिनेमा उद्योगमा उतार–चढाव आइरहेका बेला यस्तो ठूलो नाम र अनुभव भएका कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ। किरण नेपालीको निर्देशनमा तयार हुने यस सिनेमामा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै सिनेमाले दर्शकमाझ थप उत्सुकता जगाएको छ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने यस सिनेमामा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ। मनिष गौतमले लेखेको सिनेमामा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।
