सुशान्त खत्रीलाइ दर्शकको मायाले रुवायो । सुशान्तको दोश्रो अवार्ड

0 Shares

सिनेसुत्र, बिराटनगर-  काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा अवार्ड लिन गएका सुशान्त खत्रीलाइ दर्शकको मायाले रुवाएको छ | सुशान्त खत्रीले आफ्नो नयाँ गीत “मेरो जीवन भरि तिमी रहने छौ” मा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।  यो गित उनको वास्तविक जीवन संग मेल खाने भएको कारण खत्रीको लागि यो गित विशेष थियो। दर्शकहरूले उनको नृत्यप्रति देखाएको माया र समर्थनले गर्दा उनको आँखा रसाएको थियो ।

खत्रीले भने अनुसार, दुई वर्षपछि उनी खुलेर हास्न सकिरहेका छन्। यो भावुक क्षणमा उनले आफ्नो कला मार्फत नेपाललाई भारत र विश्वभर चिनाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरे। उनले १२ वर्षदेखि नृत्यमा कडा मेहनत गरिरहेका छन्, तर सरकारी सम्मान वा अवार्ड नपाएकोमा उनी निराश थिए। तर, युथ कन्क्लेभ २०२४ मा युथ आइकन अवार्ड प्राप्त गरेपछि उनले आयोजक संस्थाप्रति आभार व्यक्त गरे। उनले दर्शकको मायानै आफनो पहिलो ट्रफी भएको पनि बताएका थिए । उनको यो दोश्रो अवार्ड रहेको पनि उनले कार्यक्रममा बताएका थिए

कार्यक्रममा खत्रीले युवाहरूसँग आफ्नो जीवनका कठिन पलहरूको कथा सेयर गर्दै मोटिभेट पनि गरे। उनले डिप्रेसन र इञ्जाइटीसँगको संघर्षको बारेमा खुलेर कुरा गरे र आफ्नो समस्यालाई समकालीन साथीभाइसँग भन्दा आफ्नो समस्या ठूला व्यक्तिहरूसँग सेयर गर्न सल्हा दिए। सुशान्त खत्रीको यो प्रस्तुति र उनले व्यक्त गरेका विचारहरूले दर्शक र प्रशंसकहरूलाई थप प्रेरणा र हौसला प्रदान गरेको छ।

सम्बन्धित समाचारसबै