अरुणा लामाप्रति समर्पित ‘परालको आगो’को गीत सार्वजनिक : सुहानाको अभिनयले छोयो मन

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी बैशाख ११ गतेबाट रिलिज हुने सिनेमा ‘परालको आगो’को गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ रिलिज भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा ‘परालको आगो’का मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। आफू बसेको ठाउँभन्दा आफ्नो माया भएको ठाउँमा जान मन लागेको भाव गीतमार्फत सुहानाले व्यक्त गरेकी छन्। यस गीतमा सुहाना थापाको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको छ, भने रामजी लामिछानेको कोरियोग्राफी पनि दर्शकले मन पराएका छन्।नेपाली गीत-संगीतकी पहिलो महिला कम्पोजर तथा एरेन्जर शान्ति ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माको स्वर रहेको छ। गीतका शब्द मनबहादुर मुखियाले लेखेका हुन्। नेपाली स्रोतामाझ अत्यन्त लोकप्रिय रहेको यो गीतले फेरि पनि नयाँ छाप छोड्ने निर्माण पक्षको विश्वास छ।

यस गीतकी ओरिजिनल गायिका अरुणा लामा हुन्, जसले चार दशकअघि यो गीत गाएकी थिइन्। अहिले पनि उत्तिकै सान्दर्भिक सुनिने उक्त गीतलाई निर्माण टिमले अरुणा लामालाई समर्पित गर्दै पुनः प्रस्तुत गरेको हो। गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस सिनेमामा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँ लगायतको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमामा सुशील पोखरेलको लगानी रहेको छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस सिनेमामा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र सम्पादन मिलन श्रेष्ठले गरेका छन्। रंग संयोजन कनाल कँवरले सम्हालेका छन्। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस यस सिनेमामा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ। मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। पाश्र्व संगीत किरण तुलाधरको रहेको यस सिनेमामा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्। कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन्।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस सिनेमालाई नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथा यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि सिनेमाको रूपमा निर्माण गरेका थिए। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै