जीतु नेपालको पहिलो निर्माण ‘आई. एम. जीतबहादुर’ को टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको सिनेमा ‘आई. एम. जीतबहादुर’ को टिजर रिलिज भएको छ। भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस सिनेमामा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ।

जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस सिनेमामा उनको जोडीका रूपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छिन्। सिनेमामा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरूलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस –कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस सिनेमामा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताका रूपमा सघाएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो सिनेमा आउँदो वर्षको असार महिना भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हेर्नुहोस् टिजर: 

 

सम्बन्धित समाचारसबै