‘राम नाम सत्य’ पछि माइकल चन्दको नयाँ सिनेमा ‘हेराई घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- गतबर्ष रिलिजमा आएको सिनेमा ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको सिनेमाको नाम ‘हेराई’ राखिएको छ । हाल यो सिनेमाको धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ ।

सिनेमाको छायांकन केही महिनामै सुरु गर्ने तयारी माइकलको छ । यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा सिनेमा बनाउने तयारी गरेका छन् । ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको सिनेमा थियो, जसले नेपाली बक्स अफिसमा साढे ३ करोड हाराहारीको ग्रस कलेक्शन गरेको थियो ।

‘हेराई’ सिनेमाका लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक बुझाई’ ट्यागलाइन दिइएको यो सिनेमालाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ । सिनेमाका सह-निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । सिनेमाबारे माइकल भन्छन् ,यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा सिनेमा बनाउँदैछौं । यो सिनेमाले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ । सिनेमालाई यसै वर्ष रिलिज गर्ने योजना समेत रहेको माइकलको भनाई छ ।

 

सम्बन्धित समाचारसबै