आउटलः दफा २१९’को रिलिज मिति स्थगित: नयाँ मिति चाँडै घोषणा हुने -सिनेसुत्र

0 Shares

सिनेसुत्र, बिराटनगर – सिनेमा ‘आउटलः दफा २१९’को रिलिज मिति पछि सारिएको छ। यसअघि असोज ३ गते प्रदर्शन गर्ने योजना भए पनि अब सिनेमा तोकिएको मितिमा रिलिज नहुने भएको हो।

निर्माण टोलीले आज जारी गरेको विज्ञप्तिमा चाँडै नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी दिइएको छ।

निर्माणपक्षका अनुसार, छायांकन र प्राविधिक कामहरू पूरा नभएका कारण सिनेमाको रिलिज मिति पछि धकेलिएको हो।

उनीहरूले निर्धारित मितिमा सिनेमा रिलिज गर्न नसकिएकोमा दर्शकहरूसँग माफी माग्दै, फस्टलुक र टिजरबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टोलीलाई उत्साहित बनाएको बताइएका छन्। अब छिट्टै नयाँ मिति तय गरेर सिनेमा प्रदर्शन गरिने छ।

विक्की महर्जनको लेखन र निर्देशनमा तयार भएको यो सिनेमामा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, र विशाल पहारीले मुख्य भूमिका निर्वाह गरेका छन्।

सिनेमाको निर्माता अमित अग्रहरि हुन भने, विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्माताको रूपमा छन्।

यसमा नविन गुरुङको छायांकन, चुल्ठे काजीको एक्सन, र साहिल खानको सम्पादन समावेश छ।

सम्बन्धित समाचारसबै