अमेरिकामा नेपाली कला र कथा: ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक-सिनेसुत्र

0 Shares

 

सिनेसुत्र,बिराटनगर –  अमेरिकामा छायाङ्कन भइरहेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

निर्देशक बिमलेश अधिकारीले सामाजिक सञ्जालमार्फत सिरिजको औपचारिक घोषणा गर्दै यो परियोजना नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुने बताए।

यो सिरिजबाट चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन्।

सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।

‘घर बट इन अमेरिका’ सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित छ, जसमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलोपटक अमेरिका भ्रमणमा आएका आमाबुवाको कथालाई प्रस्तुत गरिएको छ। सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो । उक्त वेब सिरिजको छायाङ्कन पूरा भइसकेको छ।

टिजर चाँडै सार्वजनिक गरिनेछ भने सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी अझै खुलाइएको छैन।

सम्बन्धित समाचारसबै