पोखरामा ‘वर एण्ड वधु’को भव्य प्रिमियर: रोमाञ्टिक कमेडीले दर्शकको मन जित्ने अपेक्षा

0 Shares

सिनेसुत्र, बिराटनगर –  गत शुक्रबारदेखि रिलिजमा आउन लागेको सिनेमा ‘वर एण्ड वधु’को मोफसल प्रिमियर पोखरामा आयोजना गरिएको छ।

पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा सिनेमाका कलाकारहरू सहभागी भए।

निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी हुन पोखरा पुगेका थिए।

पोखरामा आयोजित प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक चाम्स उत्साहित छन्।

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएपछि दर्शकले पनि यो सिनेमालाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए।

रोमान्टिक कमेडी जनराको यो सिनेमाको आज ललितपुरको लाबिम मलमा पनि प्रिमियर हुँदैछ।

लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’को आयोजना गर्न लागेको निर्माणपक्षले जानकारी दिएको छ।

नेपालमै पहिलो पटक ‘मिरर वाक प्रिमियर’ आयोजना गर्न लागेको निर्माणपक्षले उपस्थित अतिथिहरूले नयाँ शैलीको प्रिमियरको अनुभूति गर्न पाउने विश्वास लिएको छ।

शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमाले बक्स अफिसमा सुखद व्यापार गर्ने र दर्शकले पनि सिनेमा मन पराउने विश्वास गरिएको छ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो सिनेमाका कार्यकारी निर्माता अमित रिजाल हुन्। सिनेमाको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो।

सम्बन्धित समाचारसबै