सिने पत्रकारको भूमिकामा साइग्रेस : ‘फलानो ढिस्कानो’ निर्माणको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- द्रव्य प्रोडक्सनको व्यानरमा हास्य सिनेमा ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार सिनेमाको दुई पोस्टर सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरेको हो।

पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडि बसेर कतै गइरहेको देख्न सकिन्छ। पोस्टर हेर्दा नै उनी नामअनुसार हास्य भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। हँसिलो अनुहारमा प्रस्तुत भएका उनको कोटको गोजीमा चसिने पत्रकारको कार्ड देखिएको छ।

अर्को पोस्टरमा भने उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेको अवस्थामा देखिएका छन्। पोस्टर हेर्दा उनी पत्रकारको भूमिकामा रहेको स्पष्ट हुन्छ। त्यहाँ उनी पठाओ बुक गर्दै गरेको दृश्य प्रस्तुत गरिएको छ।जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले भने, मैले ‘आ बाट आमा’ खेल्छु, त्यसपछि खेल्दिनँ भन्ने सोच थियो। तर यो नशा रहेछ। त्यसैले यो सिनेमाको कथा मन परेकै कारण यस सिनेमामा अनुबन्ध भएको हुँ।

यस सिनेमामा साइग्रेसबाहेक अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन। निर्माण टिमले क्रमशः अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जनाएको छ। सिनेमालाई राजकुमारले निर्देशन गर्नेछन्। उनका अनुसार सिनेमाको छायांकन दसैंपछि सुरु हुनेछ।

सम्बन्धित समाचारसबै