सुदर्शन र प्रदीपको सहकार्य ‘शुभ विवाह’को छायांकन सम्पन्न : ४५ दिनको सेड्युल ४० दिनमै सकियो

0 Shares

सिनेसुत्र, बिराटनगर- सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘शुभ विवाह’को सम्पूर्ण छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन थालेको थियो। ४५ दिनको छायांकन सेड्युल राखिएको यो सिनेमाको सुटिङ ५ दिन अगावै सकिएको निर्देशक थापाले बताए। उनका अनुसार कलाकार तथा प्राविधिकहरूको अथाह मेहनतले सेड्युल अगावै काम सकिएको हो।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमामा मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहेका छन्। प्रदीप र सनिशाका साथमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य रहेका छन्।यस सिनेमाका निर्देशक थापा र अभिनेता खड्काले यसअघि सिनेमा ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सुप्रिया कटुवालले लगानी गरेको यो सिनेमामा साम भुजेल कार्यकारी निर्माताका रूपमा छन् भने सिनेमाको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। सिनेमाको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ।

सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। त्यसैगरी, सिनेमामा राजेश श्रेष्ठको छायांकन (डीओपी) तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ। कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गर्नेछन् भने विक्रम स्वारले नृत्य निर्देशन गरेका छन्। सिनेमाको ट्रेलर सम्पादन साहिल खानले गर्दैछन्।

चिफ सह–निर्देशकका रूपमा बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा रहेका छन्। सिनेमाको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरको रूपमा सुदीप ढकाल रहेका छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्।

यो सिनेमा आगामी फागुन २१ गतेदेखि अलनेपाल रिलिज हुँदैछ। सिनेमाको डिजिटल पार्टनरका रूपमा बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मा भिष्म फिल्मस् र श्री राम बालाजीले गर्दैछन्।

सम्बन्धित समाचारसबै