प्रकाश सपुतको निर्देशनमा ‘वसन्त’को छायाङ्कन सुरू: स्वस्तिमा खड्कासँग नयाँ यात्रा : पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर – अभिनेता तथा गायक प्रकाश सपुतले आफ्नो निर्देशनमा बन्न लागेको पहिलो सिनेमा ‘वसन्त’को छायाङ्कन सुरु गरेका छन्।

शनिबार बागलुङको कालिका मन्दिरमा शुभ साइत पूजा गर्दै सिनेमाको छायाङ्कनको विधिवत सुरुवात भएको हो। बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायाङ्कन चल्ने यो सिनेमा, दसैँ र तिहारको बीचमा काठमाडौं र तराईका विभिन्न लोकेसनहरूमा पनि छायाङ्कन गरिनेछ।

सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक प्रकाश सपुतसँगै प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, र प्रकाश घिमिरेले पनि अभिनय गरेका छन्।

प्रकाश सपुतले यस सिनेमामा निर्देशन मात्र नभई पटकथा र संगीतको पनि जिम्मा लिएका छन्। सिनेमाको कथा एक विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र संघर्षको वरिपरि केन्द्रित छ।

सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई, र नाना थकाली छन्। चलचित्र विकास बोर्डमा दर्ता गरिएका कागजात अनुसार सिनेमाको कुल लागत तीन करोड रुपैयाँ रहेको छ। ‘वसन्त’ आगामी चैत २२ गते प्रदर्शन हुने तय भएको छ ।

सम्बन्धित समाचारसबै