विपना, वर्षा र महेशसहितका कलाकारको अभिनय रहने नवीन पन्त निर्देशित सिनेमा ‘बाकस’को शुभमुहूर्त सम्पन्न

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा, सुपला सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकीलगायत उपस्थित थिए।

सिनेमामा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवका साथै बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायतको अभिनय रहनेछ। यही सिनेमामार्फत भोला राज सापकोटा र उनकी छोरी सुपलाले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्नेछन्।मणि तामाङ मुख्य सहायक निर्देशक रहेको सिनेमामा सावन शर्मा, सिर्जना भुजेल र मनिश चौलागाईं सहनिर्देशकका रूपमा छन्। सिनेमाको द्वन्द्व निर्देशन किरण दाहाल र शृङ्गार उर्मिला लामाले गर्नेछन्।

सिनेमाको संगीत दीपक शर्मा र सनम पुरुष राईले सम्हाल्नेछन् भने धिरेन्द्र पन्त कार्यकारी निर्माताका रूपमा रहेका छन्। सुजिता चौलागाईं निर्माता रहेको सिनेमामा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। सिनेमाको छायांकन महेश पौडेलले गर्नेछन्।

आईडलले पोस्टर डिजाइन गर्ने सिनेमामा निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर, ज्योति केसी र निराजन घिमिरे कस्ट्युम डिजाइनर तथा सियोन श्रेष्ठ कोरियोग्राफरका रूपमा रहेका छन्। नवीन पन्तको निर्देशनमा बन्ने सिनेमा पीके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ। सिनेमाको कथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन्। दशैँलगत्तै सिनेमाको छायांकन सुरु हुने जनाइएको छ।

सम्बन्धित समाचारसबै