सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रको प्रवर्द्धन तथा सिनेमा संस्कृतिको विकास गर्ने उद्देश्यसहित धरान फिल्म फेस्टिभल २०२६ आयोजना हुने भएको छ। धरान फिल्म फेस्टिभल (DFF) आगामी २०८३ साल मंसिर २७ र २८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को अडिटोरियम हलमा आयोजना हुन लागेको हो।
दुई दिनसम्म सञ्चालन हुने फेस्टिभलले नेपाली सिनेमाको विकास, प्रवर्द्धन तथा सिनेकर्मीहरूबीच आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, सिनेमाप्रेमी, निर्माता, निर्देशक, कलाकार तथा नयाँ पुस्ताका सिर्जनशील प्रतिभालाई सिनेमा क्षेत्रसँग जोड्न पनि फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
धरानलाई कला, संस्कृति तथा सिनेमा गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने दिशामा पनि यस प्रकारको महोत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको छ।फेस्टिभलको पोस्टर सार्वजनिक भएसँगै धरानमा हुने सिनेमा महोत्सवप्रति सिनेमाप्रेमीहरूको चासो बढ्ने देखिएको छ।