ज्वाइँ साब’ को पहिलो गीत ‘कसम बत्तीको’ मा जितु र नीतिको बिहे र रोमान्स – सिनेसुत्र

0 Shares

सिनेसुत्र,बिराटनगर- असोज २४ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत यो गीत सार्वजनिक गरिएको हो।

गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको सुमधुर स्वर, यादव लम्सालको शब्द, र अर्जुन पोखरेलको संगीत समावेश छ।

गीतको अडियो निकै शक्तिशाली छ र यसका धेरै अंशहरू सामाजिक सञ्जालमा ट्रेन्ड हुन सक्ने सम्भावना छ।

दशैंको फूलपातीको अवसर पारेर रिलिज हुन लागेको यस सिनेमालाई बसन्त निरौलाले निर्देशन गरेका हुन्।

गीतको भिडियोमा मुख्य कलाकार जितु नेपाल र नीति शाहले बिहेको परिवेशमा नृत्य गर्दै रोमान्स प्रस्तुत गरेका छन्।

सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् भने मीनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङले लगानी गरेका छन्।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार यस सिनेमामा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

सम्बन्धित समाचारसबै