उजन शाक्यको आवाजमा ‘मेरी चन्द्रमा’ सार्वजनिक : किरण श्रेष्ठको निर्देशन
0
Shares
सिनेसुत्र, बिराटनगर- उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रकृति फिल्मस्को प्रस्तुतिमा तयार भएको यस गीतको निर्माता जेनिस कार्की र डेबिन चौधरी हुन्। भिडियोमा प्रमुख भूमिकामा किरण श्रेष्ठ, अञ्जना बराइली र कुन्दन थारुको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
किरण श्रेष्ठकै अवधारणा, कोरियोग्राफी, र निर्देशन रहेको भिडियोमा कोरस डान्सरको रुपमा निरु सिन्जाली मगर, सोफिया गोले तामाङ, प्रबिना श्रेष्ठ, रिजा पाख्रिन, विष्णु मोक्तान, पुष्पा बम्जन, सुप्रिया मगर, र सोइसा तामाङको शानदार प्रस्तुति छ।
नाट्य क्षेत्रमा परिचित किरण श्रेष्ठले सिनेमा ‘पर्खी बसें तिमीलाई’बाट नेपाली सिनेमा क्षेत्रमा पहिलो पाइला चालेका थिए। त्यसपछि उनले ‘दान्भी’ सिनेमामा पनि अभिनय गरेका छन्।
यस म्युजिक भिडियोमा शरद महतोको छायांकन, कृष्ण भण्डारीको सम्पादन र कलरिङ, सन्जना महर्जनको सहायक निर्देशन, इरा महर्जनको सहायक कोरियोग्राफी, पुष्कर कार्की र विक्रम श्रेष्ठको प्रोडक्सन, र निजन राईको हेयर एण्ड मेकअपले थप आकर्षण दिएको छ।
किरण श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो भिडियोले दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।