अमेरिकामा बसोवास गर्दै गरेकी रानी शाक्यको ‘देउन साथ’मा आकाश र करुणाको अन स्क्रिन रोमान्स

0 Shares

सिनेसुत्र,बिराटनगर- अमेरिकामा रहेर निरन्तर गायन यात्रामा सक्रिय गायिका रानी शाक्यले आफ्नो नयाँ गीत ‘देउन साथ’ सार्वजनिक गरेकी छिन्। यो सेमी क्लासिकल शैलीको गीतमा नारायण वावुको शब्द र संगीत रहेको छ भने सन्दिप कार्कीले संगीत एरेन्ज गरेका छन्।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। नम्रता केसीको कोरियोग्राफी र प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईँले छायांकन गरेका छन् भने माधव वेलवासेको सम्पादन रहेको छ।

गायिका शाक्यले यसअघि पनि दर्शकमाझ दर्जनौँ गीत प्रस्तुत गरिसकेकी छन्, र ‘देउन साथ’ उनका अन्य चर्चित गीतहरूको कडीमा थपिएको नयाँ सिर्जना हो।

सम्बन्धित समाचारसबै