कार्तिक ३० मा आउने सिनेमा ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक : रेखा थापाको उपस्थितिले थप्यो उत्सुकता

0 Shares

सिनेसुत्र, बिराटनगर- कात्तिक ३० गते देखि रिलिज हुने सिनेमा ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक भएको छ।
फूलपातीको विशेष अवसर पारेर बिहीबार सिनेमाको टिजर सार्वजनिक गरिएको हो।

टिजरमा सस्पेन्स र रोमान्सको अनौठो संयोजन प्रस्तुत गरिएको छ, जहाँ नक्षत्र, ग्रह र भाग्यले प्रेममा रहेका जोडीको जीवनमा ल्याउने उतारचढावलाई चित्रण गरिएको छ। टिजरले कथामा रहेको रहस्यलाई अझ गहिरो बनाएको छ, किनभने मुख्य पात्रहरूबाहेक अन्य कलाकारका संवादहरू समावेश गरिएको छैन। साथै, रेखा थापाको उपस्थितिले सिनेमाप्रति उत्सुकता थप बलियो बनाएको छ।

‘ह्रस्व दीर्घ’ मा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, साउथका चर्चित कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय देख्न सकिन्छ। त्यस्तै, सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ र रविन्द्र झाले पनि सिनेमामा अभिनय गरेका छन्।

चन्द्र पन्तको निर्देशनमा बनेको यस सिनेमाको कथा हरिहर अधिकारीले लेखेका हुन्, भने पटकथा र संवाद प्रतीक पौडेल, चन्द्र पन्त र हरिहर अधिकारीको संयुक्त प्रयासमा तयार पारिएको हो। बलिउडका चर्चित छायांकार कवीरलालले खिचेको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।

सम्बन्धित समाचारसबै