‘मनमा फूल्ने माया’ सार्वजनिक : राज र एलिसाको रोमान्टिक जोडी

0 Shares

बिराटनगर, सिनेसुत्र – गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द र मनोज डंगोलको संगीतमा तयार भएको यो गीतमा मनोज डंगोलकै एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता राज आरएस कार्की र अभिनेत्री एलिसा न्यौपानेको अभिनय रहेको छ। भिडियोमा राज र एलिसाले एकअर्काबीचको प्रेम र भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्। प्राकृतिक र मनमोहक लोकेसनमा छायांकन गरिएको यो भिडियोमा उनीहरूको जोडी निकै सुहाउँदो देखिएको छ।

भिडियोको क्यामेरा, ड्रोन, सम्पादन र कलरको जिम्मेवारी निराजन केसीले सम्हालेका छन् , कोरियोग्राफी हेमन्त लामिछानेले गरेका छन् । निर्देशन जगत रेग्मीको रहेको यो भिडियोको पोस्ट-प्रोडक्सन फोर के मिडियामा गरिएको हो।

गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन्। मर्मस्पर्शी गीत र रोमान्टिक भिडियोले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचारसबै