‘ममी’ ट्रेलरमा प्रियंकाको पिडा र डरलाग्दा दृश्यहरू: आगामी माघ २५ देखि प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- बहुप्रतीक्षित हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर सार्वजनिक भएको छ। आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको ट्रेलरले दर्शकलाई तर्साउने पक्का देखिएको छ ।
सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की र सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले लामो ट्रेलरमा समेटिएको छ ।

सिनेमाको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ । कालो विरालोलाई विशेष स्थान दिइएको सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सिनेमामा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

सम्बन्धित समाचारसबै